अचम्मका जनावर जसको आँखामा हुन्छ रातमा देख्ने चस्मा

टारसियर नामको यो सानो जनावर आफ्ना ठूला र चम्किला आँखाको कारण परिचित छ । दक्षिण–पूर्वी एसियामा पाइने यो टारसियरको आँखा उसको दिमागबराबर क्षमताको छ । जसले आँखालाई मात्र घुमाएर यताउता हेर्न सक्दैन । यदि उसलाई दायाँ–बायाँको कुनै चिज हेर्नु छ भने पूरै टाउको नै घुमाउनुपर्ने हुन्छ । टारसियरको यो डरलाग्दो आँखा नै उसको विशेषता हो । किनभने उसले यिनै आँखाको माध्यमबाट घोर अँध्यारोमा पनि सजिलै देख्न सक्छ । लण्डनका नेचुरल हिस्ट्री म्युजियमका प्रोफेसर जेफ वाक्सल भन्छन्– टारसियरले हरेक चिजलाई एकै रंगको देख्छ ।

उसको आँखाको बनावट यस्तो हुन्छ कि उसले हरेक उज्यालोको अन्तिम झुल्को संकलन गर्न सक्छ । उसको आँखा रातमा देख्न सक्ने कुनै नाइट भिजन चस्माजस्तै हुन्छ । यस्ता अनेकौँ अद्भूत जीव हुन्छन्, जो आफ्नो अस्तित्व बचाइराख्नका लागि अनेक तरिका अपनाउँछन् । प्रायजसो अँध्यारोमा बस्ने जीवहरूमा प्रकृतिले नै ‘नाइट भिजन’ शक्ति दिएको हुन्छ । यिनीहरूमध्ये कतिपय जीव गुफामा रहने हुन्छन् भने कतिपय जीव समुन्द्रको गहिराइमा बस्छन् ।

शरीरबाट निकाल्छन् प्रकाश

थ्रेडफिन ड्रेगन फिस नामक माछा समुन्द्रको त्यो क्षेत्रमा पाइन्छ, जहाँ सूर्यको किरण पुगेको हुँदैन । त्यहाँ उज्यालोको कमी हुन्छ । यो माछाले शरीरको पछिल्लो भागबाट एक किसिमको किरण उत्पन्न गर्छ । यसको शरीरबाट निस्किने किरणको एम्प्लिट्युड अरू किरण बराबर हुन्छ । उक्त किरणको सहायताले उसले जुनसुकै ठाउँमा पनि सजिलैसँग देख्न सक्छ । सजिलै सिकार गर्न सक्छ र सिकारीसँग पनि सजिलै बच्न सक्छ ।

किरण उत्पन्न गर्ने खास अंगका अलावा यो माछाको आँखाको पछाडि भागमा दुईवटा हेड ल्याम्प हुन्छन् । त्यसलाई आवश्यकताअनुसार अन अफ गर्न पनि सकिन्छ ।

गुफामा बस्ने जीव 



गुफा अर्को ठाँउ हो, जहाँ सूर्यको किरण पुगेको हुँदैन । रिमेपेड समुद्री सतहको तल रहने गुफामा बस्छ । जेफका अनुसार यस्ता जीव खासगरी युकाटन मेक्सिकोको खाडीमा पाइन्छ । उनीहरू अन्धा हुन्छन् र उनीहरूसँग लामा–लामा एन्टेना र एक पर्दा हुन्छ । जसले उनीहरूको नजिक आइरहेको सिकारीको बारेमा खबर लिन्छ । र, पानीमा भइरहेको हलचलको महसुस गर्न पनि मद्दत हुन्छ । म्यान्चेस्टर मेट्रोपोलिसन विश्वविद्यालयका रोबिन ग्रेटले आफ्नो स्टडीमा मुसाको जुँगाले कसरी काम गर्छ भन्ने जानकारी लिने कोसिस गरेका छन् ।

एउटा कोठाबाट उनले हेर्दा थाहा पाए कि मुसाले एक सेकेन्डमा १० पटक आफ्नो जुँगा दायाँ–बायाँ घुमाउँछ । र, उसले अगाडि वा पछाडि कता बढ्न सुरक्षित हुन्छ पत्ता भन्ने लगाउँछ । रबिन बताउँछन्, मुसाको आँखा निकै ठूला हुन्छन् । तर, रातमा ऊ आँखामा भरोसा गर्दैन । ऊ आफ्नो जुँगाको सहयोगले वरिपरिका चिजहरूको बारेमा जानकारी लिन्छ ।



यदि उसले केही पत्ता लगाउन सकेन भने दगुर्न थाल्छ । तर, दगुरिरहेको समयमा पनि जुँगाको सहायताले लगातार जानकारी लिने कोसिस गरिरहन्छ ।

  • प्रकाशित मिति : पुस २९, २०७५ आइतबार १:२:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया