कैलालीको टीकापुरमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

कैलालीको टीकापुरमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । टीकापुर नगरपालिका–१ ब्लक नम्बर १५ की ५० वर्षीया टंक सोडारीको हात्तीको आक्राममणबाट मृत्यु भएको हो ।

कर्णाली नदी किनार सनकट्टि घाटमा शनिबार साँझ जंगलबाट निस्केका दुईवटा हात्तीले आक्रमण गर्दा सोडारीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख, प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।

‘कर्णाली नदीमा भइरहेको तटबन्धमा मजदूरी गरिरहेकी सोडारी लगायतका कामदारहरू हात्ती देखेपछि भागेका तर सोडारीलाई हात्तीले आक्रमण गरेको रहेछ,’ नायव उपरीक्षक शाहीले भने, ‘उनीहरूले खबर गरेपछि खटिएको प्रहरी टोलीले खोजी गर्दा करिब दुई घण्टापछि मृत अवस्थामा भेटिनुभयो ।’ 

नदी किनारमा तटबन्धका लागि तीन जना महिला ढुङ्गा संकलन गरिरहेकामा एक्कासि दुईवटा हात्ती नजिकै देखेपछि दुई महिला भागेका तर सोडारीलाई हात्तीले लछारपछार गरी, खुट्टा भाँचेर मारेको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : असार ५, २०७९ आइतबार ८:३८:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया