गीतमार्फत आहुति भन्छन्– ‘फूलहरू आऊ सँगसँगै’ [भिडियो]

वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालका महासचिव विश्वभक्त दुलाल आहुतिको ‘फूलहरू आऊ सँगसँगै’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।

उनको गीत युट्युव च्यानलमार्फत सार्वजनिक भएको हो । आहुतिको रचना तथा संगीत रहेको  ‘फूलहरू आऊ सँगसँगै’ मा खेमलाल विश्वकर्मा, मोहन मगर, पुष्कर सुनुवार, बिमला परियार, अनुमा चौधरी र समृद्धि परियारको स्वर रहेको छ । मेलोडी नेपाल स्टुडियोले उत्पादन गरेको गीतको एरेन्ज, मिक्सिङ, मास्टर पुष्कर सुनुवारले गरेका हुन् ।

समाजमा रहेका असमानता र विभेदहरू एक्लै होइन ‘सँगसँगै’ मिलेर हटाउनुपर्नेमा गीतले जोड दिएको छ । अन्याय, अत्याचार र बेथितिका बिरुद्ध सबै एकजुट भएर अगाडि बढे मात्र सफलता हासिल गर्न सकिन्छ भन्ने गीतको भाव रहेको छ । भिडियोका लागि यहाँ क्लिक गर्नुस् 





  • प्रकाशित मिति : असार ५, २०७९ आइतबार ११:२६:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया