भीम रावलको प्रश्न- एसपिपीमा सहभागी हुँदैनौँ भनेर अहिलेसम्म पत्र किन नलेखेको ?

एमाले सांसद भीम रावलले अमेरिकन सहयोग कार्यक्रम स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी)मा सहभागी नहुने भनेर सरकारले अझै पत्र नलेखेको भन्दै आपत्ति जनाएका छन् । एसपिपीमा नेपाल सहभागी हुन नसक्ने भनेर अहिलेसम्म पत्र नलेखेको भन्दै रावलले प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सबन्ध समितिले नै सरकारलाई पत्र लेख्नका लागि निर्देशन दिनुपर्ने मागसमेत गरेका छन् ।

‘एसपिपीबारे प्रधानमन्त्री स्वयंबाट जवाफ माग गरिरहेका थियौं, समितिको बैठकमा जवाफ दिन प्रधानमन्त्री आउन पर्दैन ? उहाँ नआउँदा आशंका भइहाल्छ,’ रावलले बैठकमा भने, ‘एसपिपीमा संलग्न हुन्‍न, हुने छैनौँ भनेर पत्र लेख्नुपर्छ, सरकारले अहिलेसम्म किन अमेरिकालाई पत्र नलेखेको ? त्यसैले यो बैठकले प्रधानमन्त्रीलाई तत्काल अमेरिकालाई एसपिपीमा रहन्नौं भनेर पत्र लेख्न निर्देशन जारी गरौँ ।’

खेद प्रस्ताव पारित गरौं 

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित भएपछि रावलले खेद प्रस्ताव पारित गर्न प्रस्ताव गरेका छन् । अमेरिकन सहयोग स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी)का बारेमा जानकारी लिन बोलाइएका प्रधानमन्त्री देउवाले अन्तिम समयमा अनुपस्थित हुने जानकारी दिएपछि रावलले सो प्रस्ताव गरेका हुन् ।

‘हिजो लोकतन्त्र खतरामा पर्‍यो भनेर प्रधानमन्त्री बन्नु भएको हो, खै त (बैठकमा अनुपस्थित) लोकतन्त्रको रक्षा गरेको ? उहाँलाई प्रधानमन्त्री बनाउन मैले हस्ताक्षर गरेको इतिहासले समीक्षा गर्ला,’ रावलको आक्रोश थियो, ‘उहाँ अनुपस्थित हुनु भनेको हिजोको गतल कार्यको निरन्तरता भएन र ? उहाँ अनुपस्थित भएर सांसदहरूको अपमान भएको छ, त्यसैले यो खेदजनक छ, बैठकले अब खेद प्रस्ताव पारित गरौँ ।’





  • प्रकाशित मिति : असार ५, २०७९ आइतबार ११:३०:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया