गोविन्दालाई एकैपटक ७५ फिल्मको अफर !

सन् १९८०/९० को दशकका स्टार तथा सुपरस्टारको कुरा गर्ने हो भने अभिनेता गोविन्दाको नाम छुट्दैन । उनी नम्बर एक नै थिए । त्यो क्रेज अहिले पनि उत्तिकै छ । तर बलिउडमा नम्बर एक हुन गोविन्दाको मेहनत र संघर्ष उत्तिकै प्रेरणादायी छ ।

गोविन्दाको जन्मअघि उनको पिता आर्थिक संकटको सिकार भएका थिए । उनले निर्माण गरेको फिल्म असफल भएपछि ऋणदाताले उनलाई घरबाट निकालिदियो । त्यसपछि उनी सडकमा आए । सडकमा आए पनि उनको जिन्दगी जसोतसो चलिरहेको थियो ।

गोविन्दाको बाल्यकाल पनि अभाव र संकटमै बित्यो । जब एकदिन उनले आमा र परिवारको पारिवारिक अवस्था थाहा पाए, त्यसपछि उनी काम गर्न थाले ।

१३-१४ वर्षको उमेरमा गोविन्दाको अनुहारमा दाह्री जुँगा देखिन थालेपछि उनले आफूलाई वयस्क भएको महसुस गर्दै काम खोज्न थाले । उनी त्यो बेला दैनिक रूपमा राजश्री प्रोडक्सनमा पुगेर काम माग्थे ।

उनले १३ वर्षको उमेरमै एक किसिमको सफलता पाए । किनकि उनलाई एकसाथ ७५ फिल्मको अफर आएको थियो । उनले सबै फिल्ममा कामका लागि सम्झौता गरे । आर्थिक संकटबाट गुज्रिरहेका गोविन्दाले कुनै पनि प्रस्तावलाई अस्वीकार गरेनन् । तर यी फिल्ममा सम्झौता गर्दा भने उनको स्वास्थ्य अवस्था बिग्रियो ।

यति धेरै फिल्ममा अनुबन्धित भएपछि गोविन्दाले डबल सिफ्टमा काम गर्न थाले र त्यसको थकानले उनी बिरामी भए । त्यही बेला उनलाई दिलीप कुमारले सम्झाए र उनले २५ फिल्मलाई अस्वीकार गर्न गोविन्दालाई सुझाव दिए । लगत्तै गोविन्दाले दिलीपको प्रस्तावलाई मान्दै २५ फिलम अस्वीकार गरे ।





  • प्रकाशित मिति : असार ५, २०७९ आइतबार १३:३७:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया