मन्त्रिपरिषद्‍ पुनर्गठन गर्न नेकपा एसको माग, प्रधानमन्त्री सहमत

नेकपा एकीकृत समाजवादीले मन्त्रिपरिषद्‍ पुनर्गठन गर्ने विषयलाई प्राथमिकता दिनुपर्नेमा जोड गरेको छ । बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा एसले तत्काल मन्त्रिपरिषद्‍ पुनर्गठन गरेर अघि बढ्नु पर्नेमा जोड गरेको हो ।

शेरबहादुर देउवा नेतृत्वको सरकारमा रहेका सो पार्टीका चार मन्त्रीलाई फिर्ता गरेर थप चार नयाँ अनुहारलाई स्थान दिनुपर्ने निर्णयलाई प्रधानमन्त्री देउवाले कार्यान्वय नगरेपछि नेकपा एसले पाँच दलीय गठबन्धनको बैठकमा सो विषयलाई पुनः उठान गरेको सो पार्टीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।

‘मन्त्रिपरिषद्‍ पुनर्गठन गर्नेबारेमा हामीले आज कुरा राख्यौँ, त्यसबारेमा यसअघि नै हामीले निर्णय पनि गरिसकेका पनि छौँ, यसलाई  तुरुन्तै कार्यान्वयन गर्नुस्, अब हामी पर्खिने अवस्थामा छैनौँ भनेर हामीले प्रधानमन्त्रीलाई भन्यौँ,’ बैठकपछि खनालले भने, ‘ उहाँले तपाईंहरुको निर्णयबारे पत्र आइसकेको छ, कार्यान्वयन गर्छु भन्नुभएको छ, हेरम् ।’ 





  • प्रकाशित मिति : असार ५, २०७९ आइतबार १४:२९:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया