रुपन्देहीको मर्चवारी गाउँपालिकाले उपाध्यक्षको आफन्तको मृत्यु भएपछि पालिकामा सार्वजनिक बिदा दिएको छ । उपाध्यक्ष आशा सिंहका देवर नाता पर्ने व्यक्तिको निधनमा गाउँपालिकाका सम्पूर्ण कार्यालय, विद्यालय र संघसंस्थामा बिदा दिएको हो ।
उपाध्यक्ष सिंहका देवर नाता पर्ने व्यक्ति आइतबार दुर्घटनामा परी निधन भएको भन्दै गाउँपालिका अध्यक्ष गयाप्रसाद बरईले एक सूचना जारी गरेर सार्वजनिक बिदा दिएको उल्लेख गरेका हुन् । प्रकाशित सूचनामा मृतकको परिचय भने खुलाइएको छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।