माधवकुमार नेपालले भने– एसपिपीबारे गठबन्धनमा छलफल भएको छैन

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनमा अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्रामबारे कुनै छलफल नभएको बताएका छन् । छलफल नभए पनि प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रहित विपरित कुनै पनि सहमतिमा हस्ताक्षर नगर्ने विश्वास दिलाएको पनि उनले बताएका छन् ।

आइतबार सम्पादकहरुसँगको छलफलमा उनले प्रधानमन्त्रीले आफूहरुसँगको छलफलमा राष्ट्रहित विपरित सहमतिमा हस्ताक्षर नगर्ने बताएको जानकारी दिएका हुन् ।

‘प्रधानमन्त्रीज्यूले नेपालको हितमाथि आघात पुग्ने कुनै पनि कागजमा मबाट सही हुने छैन भन्नु भएको छ,’ नेपालले भनेका छन्, ‘गृहमन्त्रीले पनि संसदमा यही बताउनु भएको छ, त्यसैले हामीले शंका गरिरहनु पर्दैन ।’

यस्तो हुँदा हुँदै पनि जनतालाई सजग बनाइ रहनु पर्ने उनले बताएका छन् ।

तर, अहिलेसम्म गठबन्धनका बैठकमा एसपिपी फिर्ता लिने वा नलिने भन्ने विषयमा छलफल नभएको पनि उनले बताएका छन् । 

उनले नेपाली सेनाले एसपीपीमा सहभागिताको विषयमा अमेरिकी दूवातासलाई लेखेको पत्र ठीक थियो कि थिएन भन्ने विषयमा छलफल गर्नुपर्ने उनले बताए ।



‘नेपाली सेनाले चिठी पठाउने कुरा कुटनीतिक हिसाबले ठीक थियो भन्ने प्रश्न खडा भएको छ । सेनाले अर्को देशको कुटनीतिज्ञलाई चिठी पठाउने ठीक थियो कि थिएन, यसबारे छलफल जरुरी छ,’ उनले भनेका छन् ।



  • प्रकाशित मिति : असार ५, २०७९ आइतबार १६:१०:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया