नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरु जहिले पनि वाम एकताका लागि सकारात्मक भएको बताएका छन् ।
आइतबार काठमाडौंमा सम्पादकहरुसँगको छलफलमा उनले आफूहरु विशिष्ट उद्देश्यका लागि एक भएर जान तयार भएको बताएका हुन् ।
‘वाम एकताका हामी जहिले पनि पोजेटिभ नै छौँ,’ नेपालले भने, ‘तर, कुन वाम एकता ? विचारमा मिलेर जान सक्ने अवस्थामा मूल उद्देश्यका लागि एकतावद्ध भएर जान सक्ने हो भने हामी तयार छौँ ।’
नेपालले यही कार्यक्रममा अहिलेसम्म एसपिपीबारे गठबन्धनमा कुनै छलफल नभएको पनि बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।