अखिल क्रान्तिकारीको बैठकमा हात हालाहाल,स्थिति नियन्त्रणमा लिन प्रहरी बाेलाइयाे

नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको तेस्रो विस्तारित बैठकमा हात हालाहाल भएपछि प्रहरी बोलाइएको छ । 

केन्द्रीय समितिलाई पूर्णता दिन बोलाइएको बैठकमा उपाध्यक्ष पवन कार्की समूहलाई बेवास्ता गरिएको भन्दै हो-हल्ला गरेपछि बैठकस्थलमा हात हालाहाल भएको हो । 

सो घटनालगत्तै प्रहरी बोलाएर स्थितिलाई सामान्य बनाइएको अध्यक्ष पञ्चा सिंहले जानकारी दिएकी छिन् ।

आफूनिकटलाई मात्रै केन्द्रीय समितिमा पारेको तथा पदाधिकारी चयन गरेको भन्दै कार्की समूहले बैठकमा नाराबाजी गर्दै फ्र्याक्सन इन्चार्ज हितमान शाक्यको राजीनामासमेत माग गरेका थिए ।





  • प्रकाशित मिति : असार ५, २०७९ आइतबार १७:५४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया