नेपालमा पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १ हजार २ सय ५४ पिसिआर परीक्षणका क्रममा १८ जना र ७ सय ७३ एन्टिजेन परीक्षणका क्रममा ५ जनामा कोभिडको संक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण आइतबार कसैको ज्यान गएको छैन । त्यस्तै, नेपालमा १२ संक्रमित कोभिडमुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ३ सय जना निको भएका छन् ।
आज थपिएकासँगै नेपालमा १ सय १० सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।