राप्रपा नेपालका थप तीन पदाधिकारी मनोनीत

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले थप दुईजना सहमहामन्त्री मनोनीत गरेको छ । 

पार्टी अध्यक्ष कमल थापाले आइतबार पार्टी केन्द्रीय सदस्यद्वय ज्ञानेन्द्र कार्की र नरप्रसाद थापालाई सहमहामन्त्रीमा मनोनयन गरेका हुन् ।

थापाले केन्द्रीय सदस्य विक्रम बमलाई पार्टी प्रवक्तामा मनोनयन गरेका छन् । कार्की र थापा काठमाडौं निवासी हुन् भने बम दार्चुला निवासी हुन् ।
 
पार्टीको विधानबमोजिम उनीहरूलाई  मनोनीत गरिएको पार्टी प्रवक्ता सुरेश आचार्यले बताए ।





  • प्रकाशित मिति : असार ५, २०७९ आइतबार १९:३:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया