‘सम्झना–बिर्सना’मा समावेश ‘हाँस्ने खेल्ने बेलैमा’ गीत सार्वजनिक

प्रेमकथानक फिल्म ‘सम्झना–बिर्सना’मा समावेश ‘हाँस्ने खेल्ने बेलैमा..’ बोलको नयाँ गीत शनिबार राजधानीमा प्रेसमिट गरी सार्वजनिक गरिएको छ । असार ३१ गते प्रदर्शन हुने सो फिल्मको गीतमा अञ्जु पन्त र किरण गजमेरको स्वर तथा अर्जुन पोखरेलको शब्द, संगीत छ । 

रामजी लामिछानेको कोरियोग्राफी र शिव ढकालको छायांकन रहेको गीतमा फिल्मका प्रमुख कलाकार पूजा शर्मा र आकाश श्रेष्ठ फिचर्ड छन् ।
 
‘डान्सिङ फ्लेभर’को रोमान्टिक गीतमा पूजा र आकाश खुलेर नाचेका छन् । भक्तपुर दरबार स्क्वायरलाई सुन्दर ढंगले प्रस्तुत गरिएको गीत सार्वजनिक भएको २४ घण्टा नबित्दै यु्ट्युब म्युजिकको १५ नम्बर ट्रेन्डिङमा परेको छ । 

दर्शक–श्रोताले अधिक मन पराइरहेको यस गीतको टिकटक पनि निकै बनिरहेको छ । 

अद्वितीय प्रधानको प्रस्तुति र रेविका प्रधानको निर्माणमा बनेको फिल्मको लेखन तथा निर्देशन निमेष प्रधानले गरेका हुन् । स्थानीय निर्वाचनका कारण जेठ ६ मा प्रदर्शन स्थगित गरिएको फिल्म अब भने ३१ असारमा दर्शकमाझ आउँदै छ । 

फिल्ममा समाबेश ‘परेलीमा लुकाउँछु’ बोलको गीत केही समयअघि नै सार्वजनीक भइसकेको छ । 

प्रदर्शन मिति नजिकिँदै जाँदा प्रचारप्रसारलाई व्यापक बनाउँदै लगेको फिल्ममा पूजा र आकाशको जोडीका साथमा सुनील थापा, शिशिर राणा, छुल्ठिम गुरुङलगायता कलाकारले अभिनय गरेका छन् । 



‘सम्झना बिर्सना’ को छायांकन दार्जिलिङ, सिक्किम, सिल्गुढीका साथ एउटा गीत काठमाडौंमा गरिएको हो ।
 
आरआर फिल्मस्ले वितरण गर्ने फिल्मको गीत सार्वजनिक कार्यक्रममा आकाश, पूजा, निर्देशक निमेष, निर्माताद्वय अद्वितीय–रेविका, संगीतकार अर्जुन पोखरेल, छायांकार शिव ढकाललगायत कलाकार तथा प्राविधिक उपस्थित थिए । 

सबैले आफूहरुले ‘सम्झना–बिर्सना’ निर्माणमा निकै मिहिनेत र मन लगाएको बताए । उनीहरुले दर्शकको मनोरञ्जनका लागि आफूहरु जतिसुकै मिहिनेत गर्न पनि पछि नपरेको दाबी गरे । गीत बुढासुब्बा डिजिटलमा अपलोड छ ।



  • प्रकाशित मिति : असार ५, २०७९ आइतबार २१:१७:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया