नेपाल आयल निगमले फेरि पेट्राेलियम पदार्थकाे मूल्य बढाएकाे छ । अब बढेकाे मूल्यअनुसार पेट्राेललाई एक लिटरमा १ सय ९९ रुपैयाँ पर्ने भएकाे छ ।
नेपाल आयल निगमले एकै पटक प्रति लिटर २१ रुपैयाँ बढाएर पेट्राेलकाे मूल्य १९९ रुपैयाँ पुर्याएकाे हाे । याे मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने नेपाल आयल निगमले जारी गरेकाे विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।
त्यस्तै आयल निगमले डिजल र मट्टितेलमा २७ रुपैयाँले मूल्य बढाएकाे छ । अब डिजल र मट्टितेलकाे मूल्य १९२ रुपैयाँ प्रतिलिटर हुने भएकाे छ ।
निगमले एलिपजी ग्यासकाे मूल्य भने बढाएकाे छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।