बिहीबारदेखि बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइने


यही असार ९ गते बिहीबारदेखि २७ जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइने भएको छ । त्यसका लागि हालै अमेरिकाबाट ल्याइएको खोप प्रदेशमा पठाउन थालिएको हो ।

अमेरिकाबाट आइतबार आएको कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणको २२ लाख मात्रा खोप प्रदेशमा रहेको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा पठाइएको र त्यसबाट प्रदेश कार्यालयले जिल्लामा पठाएपछि सम्बन्धित स्वास्थ्य कार्यालयले खोप केन्द्र तोक्ने जनाइएको छ ।

पहिलो चरणमा झापा, इलाम, सुनसरी, मोरङ, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, पर्सा, त्यस्तै मकवानपुर, सिन्धुली, चितवन, काभ्रे, काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, नवलपरासी पूर्वमा खोप अभियान सञ्चालन गर्ने सरकारको तयारी छ । नवलपरासी पश्चिम, रूपन्देही, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र डडेलधुरामा पनि पहिलो चरणमै खोप अभियान सञ्चालन हुने भएको हो ।

पहिलो चरणमा असार ९ गतेदेखि १५ गतेसम्म २७ जिल्ला र दोस्रो चरणमा भदौ ५ गतेदेखि ११ गतेसम्म बाँकी ५० जिल्लामा रहेका ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई उक्त खोप लगाइने भएको हो । पहिलो मात्रा लगाएको तीन हप्तापछि दोस्रो मात्रा लगाउने तयारी छ । 





  • प्रकाशित मिति : असार ६, २०७९ साेमबार ७:३१:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया