नेपाललाई आज टी-२० च्याम्पियनसिपको सेमिफाइनल पुग्ने मौका

एसिसी महिला टी–२० च्याम्पियनसिपअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेलमा बहराइनको सामना गर्दैछ । खेल मलेसियाको किनरारा ओभलमा नेपाली समयअनुसार बिहान सवा आठ बजे सुरु हुनेछ ।

नेपाल आज बहराइनलाई पराजित गर्दै लगातार तेस्रो जितका साथ सेमिफाइनलमा स्थान सुरक्षित गर्ने लक्ष्यका साथ मैदान उत्रिनेछ । यसअघि नेपालले भुटानलाई ५० र कुवेतलाई २५ रनले हराएको थियो ।  

बहराइन पनि नेपाललाई हराउँदै अंक तालिका सुधार गर्ने लक्ष्यमा छ । यसअघि बहराइनले कुवेतसँगको खेल बिना नतिजा टुंग्याउँदा हङकङसँग आठ विकेटको पराजय बेहोरेको थियो ।

समूह ‘बी’ मा रहेको नेपाल दुई खेलमा चार अंकका साथ शीर्ष स्थानमा रहँदा बहराइन समान खेलबाट एक अंकका साथ चौथो स्थानमा छ । 





  • प्रकाशित मिति : असार ६, २०७९ साेमबार ७:३१:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया