सरकारलाई कटाक्ष गर्दै संसदमा सायरी

काठमाडौं– सरकार भ्रष्टाचारी जोगाउन लागेको भन्दै कठोर देखिएका संघिय समावादी फोरमका सांसद प्रदिप यादवले आफ्नो वक्तव्यको अन्तमा संसदमा सायरी सुनाएका छन् ।

सायरीमार्फत सरकारलाई कटाक्ष हानेका यादवले संसदमा भाषण गर्दै देशमा संस्थागत र नीतिगत भ्रष्टाचार मौलाएको बताए । यादवले नेपाल वायु सेवा निगमले खरिद गरेको जहाजमा व्यापक भ्रष्टाचार भएको देखिँदा पनि सरकार लेखा समितिको प्रतिवेदनमा गंभिर नदेखिनु संसदीय व्यवस्थामाथिको प्रहार भएको बताए ।

लेखा समितिले तयार पारेको प्रतिवेदनलाई अख्तियारमा नपठाउनु र मन्त्रीलाई चोख्याउने सरकारको प्रयत्नले संसदीय परम्पराको अपमान गरेको उनले आरोप लगाए ।

वाईडवडी प्रकरणमा दोषी देखिएका सबैलाई जिम्मेवारीबाट मुक्त गरेर अनुसन्धान नगरे सरकार र संसदमाथिको जनविश्वास कम हुने भन्दै उनले एउटा उर्दु सायरी पनि सुनाए ।

यादवले सुनाएको सायरी:

 लस्कर भी तुम्हारा है,



 सरदार भी तुम्हारा है

 तु झुटको सच बनादे,



 सरकार भी तुम्हारा है

इस दौर कि फरियादी जाय तो कहाँ जाए ?

अखबार भि तुम्हारा है,

दरबार भि तुम्हारा है

यार अभि दिन भि तुम्हारा है,

तुम कुछ भि करलो

विपक्ष भि तुम्हारा सहारा है ।

  • प्रकाशित मिति : पुस २९, २०७५ आइतबार १३:१७:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया