एमालेले माग्यो मूल्यवृद्धिबारे सरकारसँग जवाफ

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले मूल्यवृद्धिबारे सरकारको जवाफ माग गरेको छ । सोमबार प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै नेकपा (एमाले)की सचिव एवम् सांसद पदमा अर्यालले मूल्यवृद्धिबारे मन्त्रीले तत्काल जवाफ दिनुपर्ने माग गरेकी हुन् ।

 त्यसलगत्तै सभामुख अग्निप्रसाद सापकोटाले त्यस सम्बन्धमा सत्यतथ्य सदनमा प्रस्तुत गर्न सरकारलाई रुलिङ गरेका थिए । सचिव अर्यालले मूल्यवृद्धिका कारण जनताको जीवन कष्टकर बनिरहेको उल्लेख गर्दै मूल्य बढाउनुको कारणबारे मन्त्रीले जवाफ दिनुपर्ने माग गरिन् । उनले सरकारले त्यसको जवाफ नलिँदासम्म आफ्नो पार्टीले संसद चल्न नदिने समेत बताइन् । 

सचिव अर्यालले भनिन्,    ‘मूल्यवृद्धि गर्दै जनतालाई आहत दिने काम गरेको छ, राहत दिने काम गरेको छैन । त्यसैले यो बेला राहत दिने बेला हो । जनतालाई आहत दिने बेला होइन । आज मूल्यवृद्धिबाट जनताको जीवन जसरी कष्टकर बनिरहेको छ । यो कुरालाई नेकपा एमालेले टुलुटुलु हेरेर बस्न सक्दैन । हामीले जनताको आवाजहरू यो संसदमा बोल्नै पर्ने हुन्छ, सभामुख महोदय । त्यसैले मैले जनताको तर्फबाट, नेकपा एमालेको तर्फबाट सम्माननीय सभामुखमार्फत यति छोटो समयमा यति ठूलो मात्रामा मूल्यवृद्धि गर्नुपर्ने बाध्यता यो सरकारलाई के आइपर्यो ? यसको जवाफ चाहन्छौं ।’

त्यसलगत्तै एमाले सांसदहरुले उठेर बैठक अवरोध गरेका थिए । सभामुख सापकोटाले सदनको ध्यानाकर्षण भएको भन्दै त्यसको सत्यतथ्य बारे सदनलाई जानकारी सरकारलाई रुलिङ गरेका थिए । 





  • प्रकाशित मिति : असार ६, २०७९ साेमबार १४:२८:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया