नगरप्रमुखमा पराजित महतोले जसपा प्रवेश गर्दै भने : अब पार्टीको हनुमान भएँ

जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख पदमा पराजित स्वतन्त्र उम्मेदवार बलराम महतो जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । 

सोमबार जनकपुरधाममा आयोजित पार्टी प्रवेश कार्यक्रममा महतो जसपामा प्रवेश गरेका हुन् ।

महतोलाई जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले अबिर, माला र गम्छा लगाएर पार्टी प्रवेश गराएका हुन्।

आसन्न आमनिर्वाचनलाई दृष्टिगत गर्दै महतोले राजनीतिक दलको सदस्यता लिएका छन् । उनले धनुषाको निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभाको चुनाव लड्ने स्रोतले जनाएको छ । 

पार्टी प्रवेश गर्दै महतोले आफू अब सधैँ पार्टीको लागि प्रतिबद्ध भएर काम गर्ने प्रतिबद्धता जनाएका छन् । उनले पार्टी प्रवेश गरेसँगै आफू अब जसपाको हनुमान रहेकोसमेत बताए । 

पार्टी प्रवेश कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, जसपाका केन्द्रीय सदस्य लालकिशोर साह, रामअशिष यादवलगायत नेता–कार्यकर्ताको उपस्थिति थियो ।





  • प्रकाशित मिति : असार ६, २०७९ साेमबार १९:५:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया