नयाँ पार्टी घोषणा गर्दै रवि लामिछाने

केही दिनअघि आसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका रवि लामिछानेले आज नयाँ राजनीतिक दलको घोषणा गर्दैछन् । राष्ट्रिय सभागृहमा हुने कार्यक्रममा उनले नयाँ दलको औपचारिक घोषणा गर्न लागेका हुन् ।

ग्यालेक्सी टेलिभिजनबाट राजीनामा दिएका लामिछानेले आगामी प्रतिनिधिसभाको चुनावमा काठमाडौंबाट उम्मेदवारी दिन चाहेका छन् । तर, स्वतन्त्र लड्ने वा कुनै पार्टीबाट भन्ने अहिलेसम्म खुलाएका छैनन् । 

पार्टी प्रवेश गर्ने वा स्वतन्त्र लड्नेभन्दा लामिछाने आफैंले स्थापना गरेको पार्टीबाट चुनावमा होमिने निष्कर्शमा पुगेका छन् । उनले काठमाडौंको बसुन्धारामा आफ्नो कार्यालय स्थापना गरिसकेका छन् ।  





  • प्रकाशित मिति : असार ७, २०७९ मंगलबार ७:२३:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया