गगन थापाको क्षेत्रमा इन्जिनियर पोखरेलको स्वतन्त्र उम्मेदवारी घोषणा

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा इन्जिनियर प्रवेन्द्र पोखरेल (आकर्षण) ले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । मंगलबार क्षेत्र नम्बर ४ अन्तर्गत कपनको सात तलेस्थित खहरेमा आयोजित कार्यक्रममा पोखरेलले प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका हुन्।

‘परिवर्तन अपरिहार्य छ, पर्खिनु विकल्प छैन,’ उनले उम्मेदवारी घोषणा गर्दै भनेका छन् । 

पोखरेलले स्वतन्त्र भनेर आफू एक्लो नभएको उम्मेदवारी घोषणाका क्रममा बताए । काठमाडौं–४ नेपाली कांग्रेसका महामन्त्री गगन थापाको निर्वाचन क्षेत्र हो । 

०७४ को निर्वाचनमा थापा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । 





  • प्रकाशित मिति : असार ७, २०७९ मंगलबार १०:१६:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया