रविको पार्टीका सात व्यवस्था : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीदेखि भ्रातृसंगठन र कार्यकर्तारहितसम्म
फरकधार / ७ असार, २०७९

राजनीतिमा होमिएका रवि लामिछाने आफ्नो पार्टीका संरचनाबारे जानकारी गराएका छन् । उनले मंगलबार आयोजित घोषणा सभामा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को सात विशेषताबारे जानकारी गराएका हुन् ।



आफूले प्रस्तावित गरेको पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीदेखि भ्रातृ संगठन र कार्यकर्तारहितसम्मको विशेषता प्रस्तुत गरेका छन् । उनले आफूहरूले कहिल्यै चन्दा नलिने घोषणा पनि गरे । स्वयंसेवीबाट आर्थिक सहायता जुटाउने उनले बताए ।

लामिछानेले आफ्नो पार्टीको सात विशेषता यसरी सुनाए– 



१. प्राइमरी निर्वाचन हुने



२. युवालाई ५० प्रतिशत एकको व्यवस्था

३. प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था गर्ने

४. राइट टु रिकल र राइट टु रिजेक्टको व्यवस्था

५. डिजिटल डेमोक्रेसीको व्यवस्था गर्ने 

६. परिवारवादलाई पूर्ण रूपमा निषेध

७. भ्रातृसंगठन र कार्यकर्तारहित
 

  • प्रकाशित मिति : असार ७, २०७९ मंगलबार १३:५०:५४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया