नेकपा(एकीकृत समाजवादी)का सांसद जीवनराम श्रेष्ठले चाँडै मन्त्रिपरिषद् हेरफेर हुने बताएका छन् ।
मंगलबार नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले नेकपा(एकीकृत समाजवादी)को निर्णयअनुसार केही दिनभित्रमै मन्त्रिपरिषद् हेरफेर हुने बताए ।
मन्त्री परिवर्तन गर्नका लागि आ–आफ्ना दल स्वतन्त्र रहे पनि गठबन्धनभित्र पनि समझदारी बन्नुपर्ने बताउँदै उनले मन्त्री हेरफेर गर्ने आफ्नो पार्टीको निर्णय छिट्टै कार्यान्वयन हुने बताए ।
‘जुन खालको हाम्रो संसदीय प्रणाली छ । त्यो भन्दा यताउता हुने कुरा हुँदै हुदैन । दुई, चार दिन ढिला, चाँडो हुने कुरा एउटा हुनसक्छ,’ उनले भने, ‘मलाई हाम्रो पार्टीको अध्यक्षले अब एक–दुई दिनभित्रमै हुन्छ भनेर जानकारी गराउनुभएको छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।