आफ्नो एनजिओलाई छनोट नगरेको भन्दै प्रदेश २ का मन्त्रीले कुटे सचिव

काठमाडौं– प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले सचिवमाथि दुर्व्यवहार गरेका छन् । मन्त्री यादवले उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालयका सचिव विद्यानाथ झालाई आफ्नै कार्यकक्षमा बोलाएर झापड हानेका हुन् ।

गरिबी निवारणका लागि उद्यम कार्यक्रममा सचिव झाले मन्त्री यादवको एनजिओलाई छनोट नगरेपछि मन्त्रीले उनलाई झापड हानेका हुन् । आफ्नो एनजिओलाई किन कार्यक्रम नदिएको भन्दै मन्त्रीले कार्यकक्षमै आफूलाई झापड हानेको सचिव झाले बताए ।

सचिव झालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार थप अप्रिय घटना नहोस् भनेर सचिवलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको हो । सचिवमाथि दुर्व्यवहार भएपछि कर्मचारीहरुले मन्त्रीको कार्यकक्षमा धर्ना दिएका थिए ।





  • प्रकाशित मिति : पुस २९, २०७५ आइतबार १६:५३:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया