मकवानपुरका ६१ हजार बालबालिकालाई फाइजर खोप लगाइने

मकवानपुर जिल्लाका ६१ हजार ७५ जना बालबालिकालाई कोभिड–१९ विरुद्ध फाइजर खोप लगाइने भएको छ । मकवानपुरमा फाइजर खोप असार ९ गते बिहीबारदेखि १५ गतेसम्म लगाइने भएको छ ।

कोभिड–१९ विरुद्ध सञ्चालित खोप अभियानको प्रगति समीक्षा तथा फाइजर खोप अभियान सञ्चालनबारे गरिएको पत्रकार भेटघाट कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले ५ वर्ष पूरा भई ११ वर्षसम्मका बालबालिकालाई सुन्तला रंगको फाइजर खोप लगाइने जानकारी दिए ।  

मकवानपुरका १० पालिकामै ५ दिनसम्म खोप अभियान सञ्चालन हुने बताइएको छ। खोप अभियानमा मकवानपुरका विद्यालय र वडा कार्यालयहरु लक्षीत तोकिएका केन्द्रहरुमा एक सय ३ वटा स्वास्थ्य संस्थाका ३ सय ९० जना स्वास्थ्यकर्मी खटिने उनले जानकारी दिए। 

कोभिड–१९ विरुद्ध खोपको घोलक ०.९ प्रतिशत सोडियम क्लोराइड हो । यसबाट गम्भीर प्रकृतिका बिरामीलाई १० लाखमा एकजनालाई विभिन्न समस्या देखिने हुन्छ । फाइजर खोप ९१ प्रतिशत प्रभावकारी हुने बताइएको छ ।

पहिलो लगाएको २१ दिनपछि दोस्रो मात्राको खोप लगाउन मिल्छ । विभिन्न चरणमा लगाइने खोप अभियानमा १२ वर्ष र १८ वर्षभन्दा माथिकालाई पनि पहिलो चरणको यस खोप अभियान सञ्चालनपछि लगाइने भएको छ ।





  • प्रकाशित मिति : असार ७, २०७९ मंगलबार १८:४६:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया