नेकपा (बहुमत)का अध्यक्ष बाँस्तोलालाई गृहमन्त्रीले भने : सहमति कार्यान्वयनमा सरकार प्रतिबद्ध छ
फाइल तस्वीर

गृहमन्त्री बालकृष्ण खाणसँग धर्मेन्द्र बाँस्तोला अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को टोलीले आज भेटवार्ता गरेको छ । गृह मन्त्रालयमा भएको भेटवार्तामा गृह सचिव टेकनारायण पाण्डे र मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल तथा नेकपा (बहुमत)का तर्फबाट अध्यक्ष बाँस्तोलासहित प्रवक्ता हेमन्तप्रकाश ओली, देवकला अधिकारी, गुणराज लोहनी र दीपक चलाउने सहभागी थिए । 

भेटमा विसं २०७७ फागुन २० गते मा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार र तत्कालीन नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयनका विषयमा कुराकानी भएको थियो । खाणले नेकपासँग अघिल्लो सरकारले गरेको सहमति कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताए । सहमतिमा समेटिएका केही बुँदा कार्यान्वयन भइसकेका र केही कार्यान्वयनको चरणमा रहेका उनले जानकारी दिए ।

नेकपाका तर्फबाट संयोजक बाँस्तोलाले जेलमा रहेका पार्टीका नेता कार्यकर्ता रिहाइ गर्न आग्रह गरेका थिए । सहमति कार्यान्वयनको विषयमा अन्य मन्त्रालय र निकायसँग छलफल गर्नुपर्ने भएकाले ती निकायसहित बसेर पुनः छलफल गर्ने गरी बैठक सकिएको छ । तत्कालीन नेत्रविक्रम चन्द नेतृत्वको नेकपा फुटेर बाँस्तोलाको संयोजकत्वमा नयाँ पार्टी बनाइएको हो । 





  • प्रकाशित मिति : असार ७, २०७९ मंगलबार २०:२४:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया