पोखरा महानगरको २०८९–०८० को नीति तथा कार्यक्रम बुधबार आउँदै छ । त्यसका लागि मेयर धनराज आचार्यले कार्यपालिका बैठक एक रिसोर्टमा राखेका छन् ।
पोखरा महानगरपालिकाको आफ्नै हल भए पनि आचार्यले रिसोर्टमा मंगबार बेलुकीका लागि डिनरसहितको कार्यपालिका बैठक राखेका हुन् । आचार्यले पोखरा–६ लेकसाइडस्थित टीका रिसोर्टमा कार्यपालिका बैठक आयोजना गरेका हुन् ।
कार्यक्रममाथि गहन छलफल गर्ने र बाहिरी मान्छेले डिस्टर्ब नगरुन् भनेर रिसोर्टमा बैठक राखिएको मेयर आचार्यको भनाइ छ । गहन छलफल गर्न भन्दै कार्यपालिका सदस्यलाई फोन उठाउन दिइएको छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।