५.७८ विन्दुले घट्यो नेप्से

काठमाडौ‌ं– साताको पहिलो दिन आज सेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ५ दशमलव ७८ विन्दुले घटेर १ हजार १ सय ७५ दशमलव शून्य ५ विन्दुमा झरेको हो । 

‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १ दशमलव २३ विन्दुले घटेर २ सय ४९ दशमलव ४२ विन्दुमा झरेको छ । स्टकका अनुसार आज कुल १ सय ५८ कम्पनीको ११ लाख ६३ हजार ७ सय ८१ कित्ता सेयर ३७ करोड २९ लाख १५ हजार ७ सय ६ रुपैयाँमा खरिद–बिक्री भए । 

कारोवार भएका कुल १० उपसमूहमध्ये दुई उपसमूहको सेयर मूल्यमा वृद्धि भएको छ । आठ उपसमूहको सेयर मूल्य भने घटेको छ । 

स्टकका अनुसार उत्पादन शून्य दशमलव ६९ र अन्य २ दशमलव ८७ विन्दुले बढेका छन् । बैंकिङ क्षेत्र ६ दशमलव ३२, होटल १२ दशमलव ८७, विकास बैंक ४ दशमलव ५, जलविद्युत् ५ दशमलव २५, वित्त शून्य दशमलव ८५, निर्जीवन बिमा ७१ दशमलव २७, लघुवित्त १२ दशमलव ७ र जीवन बिमा ११ दशमलव १८ विन्दुले घटेको छन् । 





  • प्रकाशित मिति : पुस २९, २०७५ आइतबार १७:२४:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया