खगेन्द्र संग्रौलाको प्रश्न : रवि लामिछानेमा रवीन्द्र मिश्रबाट सिक्ने विनम्रता होला?

लेखक तथा राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलाले नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ‘के रवीन्द्र मिश्रको सुझाव मान्लान्?’ भन्दै प्रश्न गरेका छन् । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष मिश्रले मंगलबार रविलाई आफ्नो राजनीतिको दुर्गति हेरेर सिक्न आग्रह गरेका थिए ।

त्यही आग्रहप्रति व्यंग्य गर्दै संग्रौलाले रविलाई प्रश्न गरेका हुन् ।

‘रविन सरले भनेछन्– मेरो राजनीतिको दुर्गति हेरेर सिक्नू । रवि सरमा सिक्ने विनम्रता होला र?,’ उनको प्रश्न छ । संग्रौलाले रवि ठूला ध्वाँस, ठूला हाँक, ठूला वाचा र ठूलै उद्‍घोषको मनचिन्ते झोली बोकेर उदाएका पनि टिप्पणी गरेका छन् ।

साथै, उनले खोक्रा आदर्श, विचार शून्यता र आत्मकेन्द्रित अहंकारका कारण रवीन्द्र मिश्रको राजनीति समाप्त भएको पनि उल्लेख गरेका छन् ।     





  • प्रकाशित मिति : असार ८, २०७९ बुधबार ७:५:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया