काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले आफ्नो पार्टीसँग सहमति गरेर मात्रै राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसद्बाट पारित गराउन सरकारलाई आग्रह गरेका छन् । बहुमतको आडमा सत्तापक्षले विधेयक पारित गराए कांग्रेस संसद् अवरुद्ध गर्न बाध्य हुने उनको चेतावनी छ ।
आइतबार संसद्को शिक्षा तथा स्वास्थ्य उपसमितिले विधेयकसम्बन्धी प्रतिवेदन प्रतिनिधिसभामा पेस गरेको छ । आफूसँग भएको सहमतिअनुरुप विधेयक नआएको भन्दै डा. गोविन्द केसी पाँच दिनदेखि आमरण अनशनमा छन् ।
केसीसँग भएको सहमति विधेयकमा समेटिनुपर्ने कांग्रेसको अडान छ । डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएकोतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै कांग्रस नेता बडुले उनीसँग भएको सहमतिअनुसार विधेयक पारित गर्न सरकारलाई पुनः छलफलमा आउन सचेत गराए ।
संसद्मा विधेयक पेस भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सो विधेयक बहुमतको आडमा पारित गराए संसद बैठक अवरुद्ध पार्ने चेतावनी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।