मन्त्री झाँक्री बागमती करिडोर निरीक्षणमा

शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बागमती करिडोरअन्तर्गत गोकर्ण क्षेत्रमा निरीक्षण गरेकी छन् । बुधबार बिहान साढे ६ बजे निरीक्षणमा पुगेकी उनले आयोजनाको काम द्रूत गतिमा अघि बढाउन निर्देशन दिइन् ।

आयोजनाको काम सन्तोषजनक नदेखिएको बताउँदै मन्त्री झाँक्रीले काम समयमै सक्न पनि निर्देशन दिइन् । आयोजना अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले अघि बढाइरहेको छ ।

बागमती नदी सौन्दर्यीकरणमा मन्त्री झाँक्रीले यसअघि दिएको निर्देशानुसार नै काम भइरहेको समितिले जनाएको छ ।  





  • प्रकाशित मिति : असार ८, २०७९ बुधबार ८:४७:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया