‘डन ३’ मा शाहरुख र अमिताभसँगै देखिने

बलिउडको लोकप्रिय फिल्म ‘डन’को तेस्रो भाग निर्माण हुने भएको छ । फिल्ममा अमिताभ बच्चन र शाहरुख खानसँगै देखिने छन् । फरहान अख्तरको कम्पनी एक्सेल इन्टरटेनमेन्ट सिक्वेलका लागि योजना बनाइरहेको छ । जसका लागि फरहान स्क्रिप्टको काममा जुटिसकेका छन् ।

‘केही समययता एक्सेल कथावस्तुको अभाव भएपछि ‘डन ३’ बनाउने या नबनाउने भन्ने विषयमा अन्योलमा थियो । तर, अहिले उसले एउटा गज्जबको कथा फेला पारेको छ । त्यसकारण फिल्मका लागि तयारी पनि त्यसै अनुसार सुरु भइसकेको छ’, फिल्म निकट स्रोतले भनेको छ ।

अहिले फरहानले स्क्रिप्ट लेखिरहेकाले स्क्रिप्ट लक हुनासाथ उनले यो कथा शाहरुखलाई सुनाउनेछन् । यसपटक फिल्ममा निर्माताले रणवीर सिंहलाई पनि समेट्ने योजना बनाएका छन् ।

चन्द्रा बरोटद्वारा निर्देशित एक्सन—थ्रीलर फिल्म ‘डन’ सन् १९७८ मा रिलिज भएको थियो । यो फिल्ममा अमिताभका अलावा जीनत अमान, प्राण र इफ्तेखारले प्रमुख भूमिका निभाएका थिए । यो फिल्मको कथा मस्ट वान्टेड डनको वरपर घुमेको थियो । जसमा अमिताभले डनको भूमिका निभाएका थिए । उनको दोहोरो भूमिका थियो । 





  • प्रकाशित मिति : असार ८, २०७९ बुधबार ८:५८:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया