रविलाई लक्षित गर्दै शंकर पोखरेल भन्छन्– कुनै पेसामा चर्चित हुनु राजनीतिमा योग्य हुनु होइन

नेकपा एमालेका महासचिव शंकर पोखरेलले निश्चित व्यावसाय र पेसामा सफल हुनु वा चर्चित हुनु राजनीतिका लागि स्वतः योग्य हुनु नभएको टिप्पणी गरेका छन् ।

रवि लामिछानेप्रति लक्षित गर्दै पोखरेलले राजनीतमा योग्य हुन त्यसमै निष्ठापूर्वक समर्पित हुनु आवश्यक रहेको पनि उल्लेख गरेका छन् । 

 ‘निश्चित व्यावसाय र पेसामा सफल हुनु वा चर्चित हुनु राजनीतिका लागि स्वतः योग्य हुनु होइन । राजनीतिमा योग्य हुन त्यसमै निष्ठापूर्वक समर्पित हुनु पर्दछ,’ सामाजिक सञ्जालमा उनले लेखेका छन् ।

रविले मंगलबार मात्र नयाँ पार्टी दर्ताका लागि निवेदन दिँदै आफू पूर्णरूपमा राजनीतिमा आएको घोषणा गरेका थिए ।   





  • प्रकाशित मिति : असार ८, २०७९ बुधबार १०:३८:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया