पप गायक विजय लामाले ल्याए ‘नलाउ भन्छु माया’

पप गायक विजय लामाले आफ्नो नयाँ गीत ‘नलाउ भन्छु माया’को भिडियो सार्वजनिक गरेका छन् । गीतकार, गायक तथा संगीतकार सञ्जिव पुडासैनीको शब्द सृजना तथा संगीतमा तयार भएको सार्वजनिक भिडियोमा त्रिकोणात्मक प्रेम कथा देखाइएको छ । जसमा प्रिया रानी लामा र राजु ग्याबकको अभिनय देख्न सकिन्छ । 

शैलेन्द्र प्रधान बाबुको एरेन्ज रहेको गीतमा किसान श्रेष्ठको मिक्स एण्ड मास्टरिङ छ । फराज अर्पणको छायांकन, सम्पादन र निर्देशन रहेको भिडियोको सुटिङ नगरकोटमा गरिएको हो । 

गायक लामाका तोङ्बाको तातो पानी, नखानु पानी तोङ्बाको, ए कान्छी तिमीलाई,  भोलि फर्की आउँछु आउँदिनलगायतका गीतहरूले राम्रो चर्चा कमाएका छन् । भिडियो उनको आफ्नै युट्युब च्यानल विजय लामा अफिसियलबाट बजारमा ल्याइएको हो ।

 





  • प्रकाशित मिति : असार ८, २०७९ बुधबार ११:३८:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया