भीम रावलले भने - इम्बोस्ड नम्बर प्लेट राख्दिनँ, बरू जेल जान तयार छु

नेकपा एमालेका सांसद भीम रावलले आफूले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट नराख्ने बताएका छन् ।

बुधबार संसद्को राज्य निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले छलफलका क्रममा सवारी साधनमा इम्बोस्ड नम्बर नहाल्‍ने बताउँदै सरकारले जेल हाले जान तयार रहेको बताए ।

संविधानविपरीत इम्बोस्ड नम्बर प्लेट अंग्रेजीमा राख्न ठूलो चलखेल भएको समेत रावलको आरोप छ । 

'म इम्बोस्ड नम्बर हाल्दै हाल्दिनँ । बरू सरकारले एक वर्ष जेल हाल्ने भनेको छ हालोस् । म एक वर्ष जेल जान तयार छु' रावलले भने ।





  • प्रकाशित मिति : असार ८, २०७९ बुधबार १५:४८:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया