भटाभट राजीनामा दिँदै नेवि संघ केन्द्रीय नेता

काठमाडौं– नेपाल विद्यार्थी संघ केन्द्रीय समितिका पदाधिकारीले धमाधम राजीनामा दिन थालेका छन् । 

संघको समयमै महाधिवेशन नभएको भन्दै सहमहामन्त्रीद्वय ललिता सुनार र हरिहर शर्माले राजीनामा दिएका छन् । यस्तै, कल्पना खड्का, सुनिता अधिकारी, भोला नेपाल, पम्फा गान्धारी, शारदा लामा, लिखितेन्द्र श्रेष्ठ, दीपेशराज भण्डारीलगायत ४५ केन्द्रीय सदस्यले राजीनामा दिएका छन् । उनीहरुले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसमक्ष सामूहिक राजीनामापत्र बुझाएका हुन् । 

संघका अध्यक्ष नैनसिंह महरले महाधिवेशन नगरी आफ्नो पदावधि मात्र लम्ब्याएको, क्याम्पसमा संगठन निर्माण गर्न नसकेकोलगायत आरोप उनीहरुले लगाएका छन् । ‘जतिपटक म्याद थप गरे पनि महाधिवेशन गराउन नसक्ने ठान्दै सामूहिक राजीनामा दिएका हौँ,’ सहमहामन्त्री शर्माले भने । महर नेतृत्वबाट महाधिवेशन सम्भव नभएपछि वर्तमान कार्यसमितिको औचित्य र सान्दर्भिकता सकिएकाले राजीनामा दिनुपरेको उनको भनाइ छ । 

संघका ९ पदाधिकारीले यसघि नै राजीनामा दिएका थिए । 





  • प्रकाशित मिति : पुस २९, २०७५ आइतबार २१:१९:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया