डा. केसीकाे इलाम अनशन
थप गले डा. गोविन्द केसी

काठमाडौं– चिकित्सा स्वास्थ्य विधेयकमा सुधारको माग राख्दै इलाममा अनशन बसेका डा गोविन्द केसीको स्वास्थ्यमा थप समस्या देखिन थालेको छ । 

अनशनको पाँचौ दिन उनको स्वास्थ्यअवस्था झन् कमजोर रहेको इलाम जिल्ला अस्पतालका एक चिकित्सकले बताए । उनले केसीको स्वास्थ्यमा समस्या आएकाले उनलाई सोमबार विहानै अस्पताल सारिने पनि जनाए ।

यता, शिक्षा तथा स्वास्थ्य समितिले प्रतिनिधि सभामा आइतबार चिकित्सा स्वास्थ्य विधेयक प्रस्तुत गरेको छ । आफूसँग भएको सम्झौता विपरित यो विधेयक ल्याइएको भन्दै डा केसी ५ दिनअघि देखि अनशनमा छन् । यो उनको १६ औं अनशन हो ।





  • प्रकाशित मिति : पुस २९, २०७५ आइतबार २१:५२:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया