सामाजिक सञ्जालमा प्रेम जोडीहरु केबाट बच्ने ?

काठमाडौं– प्रेम सबैभन्दा सुन्दर अनुभवमध्येको एक हो । जब कोही व्यक्ति प्रेममा हुन्छ, ऊ खुसी हुन्छ । कति खुसी भने उसले आफ्नो खुसी सबैसँग साट्न चाहन्छ । र, पछिल्ला वर्ष त यस्ता खुसी सामाजिक सन्जालमा सेयर गर्ने चलन औधी बढेको छ ।
तर, खुसी भएको एक व्यक्तिलाई के हेक्का हुँदैन भने उसले आफ्नो खुसीलाई कसरी प्रस्तुत गर्ने ? त्यसैले त विश्वभर सामाजिक सन्जाल प्रयोगमा ध्यान दिनु पर्ने कुराहरु उठिरहेका हुन्छन् ।
सामाजिक सन्जालमा आफ्नो सम्बन्धका विभिन्न पाटाबारे लेख्नुभन्दा पनि एकअर्कासँग भावना साटासाट गर्दा राम्रो हुने निष्कर्ष निस्किएका छन् । प्रेम दुनियाँलाई थाहा दिने नभएर आआफैं अनुभूत गर्ने कुरा हो भन्नेहरु पनि निकै छन् । किनकि सामाजिक सन्जालमा केही कुरा राख्दा यो सार्वजनिक हुने गर्छ ।  
त्यसो त कतिले यसरी आफ्नो प्रेम दर्शाउँदा आफूले मायाप्रेम प्रमाणित गरेको सोच्न सक्छन् । तर, यो सही होइन । बरु सामाजिक सन्जालमा भावना तथा विभिन्न तस्वीर सेयर गर्दा त्यसले नकारात्मक असर पारिरहेको हुनसक्छ, यसबारे चाहिँ सबैले समयमा नै सोच्नु पर्ने हुन्छ ।
 





  • प्रकाशित मिति : पुस २९, २०७५ आइतबार २३:४४:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया