नेदरल्याण्ड्सविरुद्धको वानडे सिरिज इंग्ल्याण्डले गर्‍यो ‘क्लिन स्विप’
फरकधार / ९ असार, २०७९

घरेलु टोली नेदरल्याण्ड्सविरुद्धको एकदिवसीय सिरिज इंग्ल्याण्डले ‘क्लिन स्विप’ गरेको छ । गएराति सम्पन्न तेस्रो तथा अन्तिम खेलमा ८ विकेटको सहज जित हात पार्दै उसले सिरिज ३–० ले ‘क्लिन स्विप’ गरेको हो ।



अघिल्लो दुई खेलमा इंग्ल्याण्डले २३२ रन तथा ६ विकेटको जित हात पारेको थियो । २४५ रनको लक्ष्य इंग्ल्याण्डले ३०.१ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्‍यो । उसका लागि अविजित रहेका जेसन रोयले १०१ तथा कप्तान जोस बटलरले ८६ रनको योगदान दिए ।

८६ बलको सामना गरेको रोयल १५ चौका तथा बटलरले ६४ बलमा सात चौका र पाँच छक्का प्रहार गरे । फिल साल्टले ३० बलमा नौ चौकासहित ४९ रन बनाए ।



नेदरल्याण्ड्सका लागि दुवै विकेट पल भान मिकरेनले हात पारे । त्यसअघि भिआरए मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै २४४ रन बनायो । उसका लागि कप्तान स्कट एडवार्ड्स, बास डि लिडे र म्याक्स ओड्उडले अर्धशतकीय पारी खेले ।



७२ बलको सामना गरेका एडवार्ड्सले दुई चौसहित ६४ रन बनाए । ५६ रनको योगदान दिएका लिडेले ७८ बलमा तीन चौका प्रहार गरे ।ओड्उडले ६९ बलमा ६ चौकासहित ५० र टोम कुपरले ३७ बलमा पाँच चौकासहित ३३ रन जोडे ।

इंग्ल्याण्डका लागि डेविड विलीले चार, ब्रेडन कार्सेले दुई, आदिल राशिद, डिविड पाइने र लियम लिभिङ्गस्टोनले एक/एक विकेट लिए । 

  • प्रकाशित मिति : असार ९, २०७९ बिहीबार ७:१२:१२,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया