भक्तपुरमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

भक्तपुरमा टिपरको ठक्करबाट दुईजनाको ज्यान गएको छ । आज बिहान २ बजे भक्तपुरको आदर्श नगर सडकखण्डमा काठमाडौंबाट जगातीतर्फ जाँदै गरेको बा ७९ प ७८७६ नम्बरको मोटरसाइकललाई टिपरले ठक्कर दिँदा दुईजनाको ज्यान गएको हो ।

ट्राफिक प्रहरी महाशाखा रामशाहपथका अनुसार आज बिहान २ बजे बा ४ ख ५२९८ नम्बरको टिपरले ठक्कर दिएको र करिब ३ बजेतिर मोटरसाइकलमा सवार दुवै जनाको भक्तपुर अस्पतालमा मृत्यु भएको हो ।

उनीहरूको सनाखत हुन बाँकी छ । ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । 





  • प्रकाशित मिति : असार ९, २०७९ बिहीबार ७:५२:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया