म्यारोडोनाको निधनमा दोषी ठहरिएका स्वास्थ्यकर्मीमाथि मुद्दा चलाइने
फरकधार / ९ असार, २०७९

अर्जेन्टिनाका महान फुटबलर डिएगो म्यारोडोनाको निधनमा दोषी ठहरिएका स्वास्थ्यकर्मीमाथि मुद्दा दर्ता गरिने भएको छ । म्यारोडोनाको निधनपछि गठन गरिएको छानबिन समितिले म्यारोडोनाको निधनमा आठ स्वास्थ्यकर्मी दोषी रहेको रिपोर्ट सार्वजनिक गरेको थियो ।



चिकित्सकहरुको एक विशेषज्ञ टोलीले स्वास्थ्यकर्मीहरुको लापरबाही र हेलचेक्र्याइँकै कारण म्यारोडोनाको निधन भएको रिपोर्ट सार्वजनिक गरेको थियो । दोषी पाइएका उनीहरू म्यारोडोनाको निधन अघि स्वास्थ्य सहयोगीको रुपमा कार्यरत थिए ।

जसमा म्याराडोनाको शल्यक्रिया गरेका डाक्टरदेखि उनको घरमा काम गर्ने नर्ससम्म छन् । म्यारोडोनाको मृत्यु सन् २०२० मा ६० वर्षको उमेरमा भएको थियो । अदालतले दोषी ठहर गरे उनीहरुले आठ देखि २५ वर्षसम्म जेल सजाय भोग्नुपर्ने छ । निधन अघि म्यारोडोनाले मष्तिस्कको शल्यक्रिया गरेका थिए । 





  • प्रकाशित मिति : असार ९, २०७९ बिहीबार ११:३८:२६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया