बागबजारको धारा र ट्युबवेलको पानीमा भेटियो हैजा फैलाउने जिवाणु

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौंको बागबजारको धारा र ट्युबवेलको पानीमा हैजा फैलाउने जीवाणु भेटिएको जनाएको छ । 

काठमाडौंमा हैजाका विरामी भेटिएपछि बागबजारको धारा र ट्युबवेलको पानीको परिक्षण गरिएको थियो । परिक्षण गर्दा पानीमा हैजा फैलाउने जीवाणु भेटिएको प्राधिकरणले जनाएको छ । 

‘हिजो बागबजारको धारा र ट्युबवेलको पानीमा हैजा फैलाउने जीवाणु भेटियो । बर्खाको समयमा पानी प्रदूषित हुने जोखिम धेरै हुन्छ । पानी उमालेर वा शुद्धीकरण गरेर मात्र पिउने गरौं,’ प्राधिकरणले सामाजिक सञ्जाल ट्वीटर मार्फत सर्वसाधरणलाई सजग हुन भनेको छ । 





  • प्रकाशित मिति : असार ९, २०७९ बिहीबार १६:९:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया