अफगानिस्तान भूकम्प अपडेट : भारी वर्षाले उद्धारमा कठिनाइ
फरकधार / ९ असार, २०७९
फाइल तस्वीर

अफगानिस्तानमा भारी वर्षा र बाढीले भूकम्प पीडितको उद्धार प्रभावित भएको छ । ६ दशमलब १ म्याग्न्च्यिुडको सो भूकम्पमा भत्किएका भग्नावेशमा मानिस पुरिएको आशंका गरिएको छ । भूकम्पमा १ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । 



अफगानिस्तानको स्वास्थ्य प्रणाली विपद् अगाडि नै 'कोल्याप्स'को अवस्थामा पुगेको थियो । भूकम्प पीडितको उद्दार र राहतका लागि तालिबानले अन्तर्राष्ट्रिय सहयोगको अपिल गरेको छ । वर्षापछिकाे बाढीले सडक प्रभावित भएकाे छ  । 

‘हामी प्रभावित क्षेत्रमा राम्रोसँग पुग्न सकेका छैनौँ । नेटवर्कहरू धेरै कमजोर छन्’ एक तालिबान प्रवक्तालाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । 





  • प्रकाशित मिति : असार ९, २०७९ बिहीबार १६:११:३९,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया