११ महिनामा नेपाल भित्रियो ३८ अर्बभन्दा बढीको मोबाइल फोन

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो एघार महिनामा विभिन्न देशबाट नेपालमा ३८ अर्बभन्दा बढीको  मोबाइल फोन भित्रिएको छ । 

भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको मोबाइल फोन नेपाल भित्रिएको हो । 

सो अवधिमा नेपालले कूल ३८ अर्ब ६ करोड ६९ लाख ८७ हजार रुपैयाँको मोबाइल फोन आयात गरेको विभागले जनाएको छ । 

उक्त मूल्यमा ५५ लाख ८६ हजार ५७८ थान मोबाइल फोन नेपाल भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ । 

नेपालमा सबैभन्दा बढी मोबाइल फोन चीन, भारत, भियतनाम, युनाइटेड अरब इमिरेट्स (युएई), अमेरिका र बंगलादेशबाट आउने गरेको छ । 

पछिल्लो ११ महिनामा चीनबाट २२ अर्ब ७७ करोड ९१ लाख ८९ हजार रुपैयाँ, भारतबाट १२ अर्ब ७८ करोड ७५ लाख १७ हजार रुपैयाँ, भियतनामबाट १ अर्ब ६७ करोड १६ लाख २८ हजार र युएईबाट २७ करोड ८१ लाख ६४ हजार रुपैयाँको मोबाइल फोन नेपाल भित्रिएको छ । 
 





  • प्रकाशित मिति : असार ९, २०७९ बिहीबार १७:४१:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया