सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको विरोधमा नेकपा एमालेनिकट युवा संघले राँके जुलुस निकालेको छ । सो क्रममा मूल्यवृद्धिको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । मूल्यवृद्धिविरुद्ध गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा झडप भएको हो ।
नयाँ बानेश्वरस्थित एभरेस्ट होटल अगाडिबाट सुरु भएको राँके जुलुस माइतीघरतर्फ अगाडि बढेको थियो । प्रदर्शनकारीले सडक अवरुद्ध गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो । सो क्रममा प्रदर्शनकारीले सरकारी गाडीमा तोडफोड गरेका छन् भने प्रहरीसँगको झडपमा केही प्रदर्शनकारी घाइते भएका छन् । तस्वीरहरू
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।