स्वास्थ्यमा समस्या आएपछि डा. केसी अस्पताल भर्ना

पशुपतिनगर– चिकित्सा शिक्षाको सुधारको माग गर्दै अनसनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या भएपछि आज बिहान जिल्ला अस्पताल इलाममा भर्ना गरिएको छ ।

१६ औँ पटकको अनसनको छैटौँ दिन आजसम्ममा डा. केसीको स्वास्थ्य स्थिति गम्भीर बन्दै गएपछि उनलाई जिल्ला अस्पतालमा भर्ना गरिएको हो । 

डा. केसीको रक्तचाप बढ्नुका साथै फोक्सोमा सङ्क्रमण बढ्दै गएको र मुटुको गति पनि अनियमित भएर शिथिल भएपछि अस्पताल भर्ना गरिएको डा. केसीका वार्ता टोली सदस्य अधिवक्ता डा. सुरेन्द्र भण्डारीले बताए । अस्पताल भर्ना गरिएपनि डा. केसीले औषधि भने लिन मानेका छैनन् । 

वार्ताटोली सदस्य भण्डारीका अनुसार केसीको अवस्था नाजुक बन्दा पनि सरकारले वास्ता नगरेको बताए । डा. केसी चिकित्सा शिक्षा विधेयक जनताका पक्षमा हुनुपर्ने, १५औँ अनसनका क्रममा सरकारले गरेको सहमति कार्यान्वयन हुनु पर्ने सहितका छ बुँदे माग राखेर इलाममा यही पुस २५ गतेदखि अनसनमा छन् । 





  • प्रकाशित मिति : पुस ३०, २०७५ साेमबार ११:५८:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया