कन्‍नड अभिनेता वज्रा आफ्नै कोठामा मृत फेला, हत्या आरोपमा जेठाजु पक्राउ

कन्‍नड फिल्म उद्योगका उदीयमान कलाकार सतिश वज्राको हत्या भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार दुई अपरिचित व्यक्तिले धारिलो प्रहार गरेर उनको हत्या गरेका हुन् ।

३२ वर्षीय वज्राको शव रगतले लतपतिएको शव उनको फ्ल्याटबाट भेटिएको थियो । कोठाबाट रगत निस्किएको देखेपछि घरधनीले प्रहरीलाई खबर गरेका थिए । 

सिसिटिभी क्यामेरामा दुई अज्ञात व्यक्तिले सतिशमाथि धारिलो हतियार प्रहार गरेको स्पष्ट देखिन्छ । उनकी श्रीमतीले केही महिनाअघि आत्महत्या गरेकी थिइन् । 

बदला लिएर हत्या गरेको आशंकामा प्रहरीले सतिशका जेठाजुलाई नियन्त्रणमा लिएको छ ।  





  • प्रकाशित मिति : असार १०, २०७९ शुक्रबार ७:३५:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया