काठमाडौंमा बिहानैदेखि भारी वर्षा, नदी तटीय क्षेत्रबाट यात्रा गर्दा सावधानी अपनाउन आग्रह

काठमाडौं उपत्यकामा बिहानैदेखि भारी वर्षा भइरहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ४ घण्टामा उपत्यकाको धेरै स्थानमा भारी वर्षा मापन भएको छ ।

जसकारण हनुमन्ते, मनोहरा, बागमती र यसका सहायक नदीमा जलसतह बढ्दो अवस्थामा रहेको महाशाखाले जनाएको छ । नदी किनारको बाटो भई यात्रा गर्दा उच्च सतर्कता अपनाउन आह्वान गरिएको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकीका धेरै स्थानमा वर्षाको सम्भावना छ ।  





  • प्रकाशित मिति : असार १०, २०७९ शुक्रबार ७:३७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया