माथिल्लो तामाकोशीको सेयर कारोबार रद्द

काठमाडौं– नेपाल स्टक एक्सचेन्जले माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको सोमबारको सेयर कारोबार रद्द गरेको छ । बजार खुल्नेबित्तिकै उक्त कम्पनीको सेयर मूल्य ५० प्रतिशतभन्दा बढीले बढेपछि स्टकले सबै कारोबार रद्द गरेको हो । 

स्टकका प्रवक्ता मुराहरि पराजुलीले आवश्यकभन्दा बढीको कारोबार भएका कारण कारोबार रद्द गर्नुपरेको जानकारी दिए । आइतबारदेखि दोस्रो बजारमा कम्पनीको सेयर कारोबार सुरु भएको थियो । 

स्टकले सुरुआती चरणमा प्रतिकित्ता २२४ रुपैयाँ सम्मको सीमा निर्धारण गरेको थियो । सोमबार बजार खुल्नेबित्तिकै दुई लाख ४३ हजार कित्ता सेयर खरिदका लागि लगानीकर्ता लालायित भएका थिए । खरिद गर्न चाहनेको संख्या बढे पनि बिक्री गर्न चाहने भने एकजना पनि देखिएको थिएन । 

नियमानुसार कुनै कम्पनीको सेयर मूल्यमा १० प्रतिशतभन्दा बढीले कमी आउँदा वा बढ्दा ‘सर्किट ब्रेक’ लगाउने गरिन्छ । यसको अर्थ १० प्रतिशतभन्दा बढीले कमी हुँदा वा बढी हुँदा सेयर कारोबार हुनुहुँदैन । तर, प्राविधिक समस्याका कारण माथिल्लो तामाकोशीको सेयरमा उच्च अंकले वृद्धि हुन पुग्यो । 

बजार खुल्दा सो कम्पनीको सेयर ११२ रुपैयाँले वृद्धि भई ३३६ रुपैयाँ पुगेको थियो । स्टकले भने सीमाभन्दा बाहिर गएर भएको कारोबार रद्द भएको जनाएको छ । 
 





  • प्रकाशित मिति : पुस ३०, २०७५ साेमबार १३:३५:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया