१० सांसदबारे राजेन्द्र पाण्डेले भने - उहाँहरूसँग पार्टी छोड्न सक्ने तागत छैन
फाइल तस्वीर

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं बागमतीका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले भोलि बेलुकासम्म मन्त्रीहरू फेरबदल हुने बताएका छन् । शुक्रबार पार्टीको पोलिटब्युरो बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, 'फिर्ता हुन र नहुने त भोलि बेलुका ८ बजेसम्म थाहा पाउनुहुन्छ । यी साथीहरू जान्छन् । अर्को लट आउँछ ।'

उनले पहिला आफूहरूले गरेको निर्णय अपरिपक्व रहेको स्वीकार गरे । 'हामीले अल्लि अर्ली निर्णय गर्यौँ । त्यो चाहिँ केही केही कमि नै भएको हो । अब बजेटमा उहाँहरूले उत्तर पनि दिइसक्नु भयो अब फर्किनुपर्ने हुन्छ,' उनले भने ।

उनले १० जना सांसदले बुझाइएको ८ बुँदे ध्यानाकर्षणबारे अगाडि भने, 'त्यो केही गर्नुपर्ने कुरा होइन, मैले नै चिठी बनाएको हो । कसलाई कुन मन्त्रालयमा पठाउने भनेर म नै बसेर निर्णय गरेर चिठी बनाएको हो । त्यही चिठीले उहाँहरू मन्त्री भएको हो । उहाँहरू गुटुटुटु दौडिएर मन्त्री भएको होइन । त्यस्तै अर्को चिठी जान्छ त्यसैले फिर्ता पठाउँछ ।'

उनले ध्यानाकर्षण बुझाएर पार्टी छाड्छौँ भन्ने सांसदहरुसँग पार्टी छोड्ने तागत नभएको दाबी गरे । उनले भने, 'उहाँहरूले छोड्न सक्नुहुन्न अहिले । उहाँहरूसँग पार्टी छोड्न सक्ने तागत छैन । छोड्न नपर्ने भएको हुनाले छोड्छौँ छोड्छौँ भन्नुभएको हो ।'





  • प्रकाशित मिति : असार १०, २०७९ शुक्रबार १६:१६:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया